पूर्व राजा भन्छन् – जनताको मुहार फेरिनुपर्छ न कि शासक र उसका परिवारको

पूर्व राजा ज्ञानेन्द्र शाहले शासक र जनताको सम्बन्धबारे छोटो टिप्पणी गरेका छन् । हालै शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले त्यसमाथि टिप्पणी गर्दै शासकको अनुहार फेरिँदा जनताको आशा भरोसा पनि बढ्न जाने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “शासकको अनुहार फेरिँदा जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन । फेरि जनमानसमा गुनासो सुरु हुन थाल्छ । शासकको मूल कर्तव्य मुलुक र जनताको हितमा हुनु जरुरी छ । जनताको मुहार फेरिनुपर्छ न कि शासक र उसका परिवारको ।” 

बिज्ञापन