
काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले एसईईमा पास भएको उपलक्ष्यमा पार्टी दिएकी छन् ।
उनले शनिबार एक रेष्टुरेन्टमा सँगै पढेका स्कुले साथी भाई र स्कुलका गुरुहरु तथा फिल्मक्षेत्रका सहकर्मीलाई पार्टी दिएकी हुन् ।
पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए ।
एसईई बि प्लस जिपिए पास भएपछि थुप्रै प्राइभेट कलेजमार्फत आफ्नो लागि अध्ययन प्रस्ताव आएको बताउँदै आएकी करिष्माले आफु सरकारी कलेजमा पढ्ने तयारी गरेको बताएकी छन् ।