
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन् ।

बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन



विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बेलुका ६ बजेको ४ प ३३६६ नं.को मोटरसाईकलमा सवार दुवैजनाबाट ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जना सुनसरीको कोशी गाँउपालिकाका स्थानीय हुन् । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।