निषेधाज्ञा अवधिभर ६८० महिला तथा बालबालिकामाथि हिंसा

महिला पुन:स्थापना केन्द्र ओरेकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।

उक्त घटनाहरू ओरेकले सञ्चालन गरेको २ वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवअधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाहरूले सङ्कलन गरेका हुन् । यी मध्ये १६३ घटनाहरू सञ्चार माध्यमबाट सङ्कलन गरिएको ओरेकले जनाएको छ ।

बिज्ञापन