भाडा वृद्धिको माग गर्दै सार्वाजनिक यातायात व्यवसायीहरुको विरोध प्रदर्शन

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायात व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य दिनप्रति दिन बढे पनि भाडा नबढाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

बौद्ध जोरपाटीबाट चल्ने सार्वजनिक यातयातका व्यवसायीहरुले मूल सडकमै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले आफ्नो माग पूरा नभएसम्म यात्रु नबोक्ने बताएका छन्।

दिनदिनै पेट्रोलिय पदार्थको मूल्य बढिरहेको छ। लामो दूरीको यातायातमा भाडा वृद्धि पनि गरिएको छ।

तर छोटो दूरीलाई सरकारले अन्याय गरिरहेको छ, एक व्यवसायीले भने।

उनले सरकारले छोटो दूरीका यातायातमा भाडा वृद्धि गरेर न्याय गर्नुपर्ने बताए।