
काठमाडौं – लामो दूरीका सार्वजनिक यातायात चल्न दिनेबारे यातायात व्यवसायी र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बसिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले लामो दूरीका सार्वजनिक यातायात कुन मापदण्डमा चल्न दिने भन्ने विषयमा छलफल गर्न लागिएको जानकारी दिए ।
बिज्ञापन



लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने व्यावस्था यस अघि गरिएको थियो ।

साथै गृह मन्त्रालयले पनि लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।