
काठमाडौं । लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको मूल्य आज भने घटेको छ ।
आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ ।
हिजो तोलामा १२ सय र गएको आइतबार १५ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ ।
हिजो तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।