कटुवा पेस्तोलसहित ३ जना पक्राउ

वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोलसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका-२ बस्ने २० वर्षीय विक्रान्ता पटेल रहेका छन् ।

उक्त होटेलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २-०३-०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाइरहेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा अनिलको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बिज्ञापन