पहिरोका कारण भैंसे–भीमफेदी सडक अबरुद्ध

मकवानपुर : भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति पहिरो गएसँगै बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।

भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सुमो जिपलगायत हल्का सवारी साधन जाममा फसेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन-चार घण्टा लाग्ने उनले बताए।