
महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा २ जना महिलालाई निर्घात कुटपिट गरिएको छ। जलेश्वर नगरपालिका–६ धवौलीस्थित कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घाट कुटपिट गरेको पीडित पक्षले वताएका छन्।
छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाइ टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाइ कुटपिट गरिएको बताइएको छ। कुटपिटका क्रममा दुवै जनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ। कालीदेवीको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ।