
भद्रपुर । झापामा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१२ माता पाथीभरा टोल का गङ्गाराम प्रसाईँको ३ वर्षीय छोरा अजित प्रसाईँ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिज्ञापन



सोमबार बिहान गङ्गाराम धानको बीउ काट्न भनी घरदेखि पूर्वपट्टी फुलवासा खोला तरेर खेतमा गएको बेला उनलाई पछ्याउँदै गएका उनका छोरा अजितको त्यही खोलामा डुबेर मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

खोलाले बालक डुबेको र स्थानीयले उद्धार गरी अस्पताल उपचारका लागि पठाए पनि उनको मृत्यु भइसकेको थियो । झापामा पाँचदिनदेखि अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।