
झापा । झापाको गौरिगंज गाउँपालिका- ४ स्थित कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित २ जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका- १ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया बिमला धिमाल रहेका छन् ।
बिज्ञापन



शनिबार ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।उनीहरु माथि ईलाका प्रहरी कार्यालय गौरीगंजमा थप अनुसन्धान भईरहेको छ ।
