३ हजार ६५१ संक्रमित थपिए, २२ जनाको मृत्‍यु

काठमाडौँ : नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा १६ हजार ५९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

जसमा ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ र १० हजार ४४५ जनाको पीसीआर गर्दा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा १ हजार ७८४ जना डिस्चार्ज भएका छन् भने २२ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ११५ पुगेको छ।

बिज्ञापन

आज काठमाडौं उपत्यकामा ९३९ जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौंमा ६२४, ललितपुर १६५ र भक्तपुर १७० रहेका छन्। सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।