आजबाट कांग्रेसको प्रदेश–२ अधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको प्रदेश–२ अधिवेशन आजबाट शुरु हुँदैछ।

दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको छ। प्रदेश निर्वाचन समितिकाअनुसार चुनाव बुधबार हुनेछ।

बिज्ञापन

प्रदेश–२ मा शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ। देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ।

निधिले आफू निकट रामसरोज यादवलाई अघि सारेका छन्। प्रदेश–२ को चुनावमा झन्डै २ हजार ७५ मतदाता छन्।