२ हजार ६१६ संक्रमित थप, ३० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ६१६ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर २ हजार ६१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यस्तै एन्टिजेन विधिबाट ५ हजार ७४९ परीक्षणमा ८६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणबाट ३ हजार ४८१ जनामा संक्रमण देखिएको छ । २४ घण्टामा थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

यस्तै भक्तपुरमा १०९, ललितपुर १९२ र काठमाडौं ६६३ गरी ९६४ जना उपत्यकामा संक्रमित थपिएका छन् ।