
काठमाडौँ : काठमाडौँको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ ।

बिहिबार ३९ वर्षका श्रेष्ठले २३ वर्षीया पत्नी रन्जु तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । रन्जुको पेटमा ६ महिनाको बच्चा थियो ।
बिज्ञापन



एक साताअघि झगडा हुँदा रन्जुले ‘अब मेरो श्रीमान मरे बराबर भयो’ भनेर चुरा र पोते फुकालेकी थिइन् । बिहिबार बिहान सो विषयमा फेरि झगडा हुँदा ‘घाँटी थिचेर हत्या गरेको’ आरोपीले प्रहरीसँग बताएका छन् ।
