फुल टिपेको आरोपमा वडाअध्यक्षको कुटाईबाट एक बालक घाइते | OmkarTimes.com

दाङ । वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ ।

 

बिज्ञापन

घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष सार्कीले आफ्नो घर अगाडिको फूल टिपेको भन्दै घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।

 

हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताए । कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन् ।