सुनको मूल्यमा वृद्धि

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

बिज्ञापन

यसैबीच, शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ  । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो ।