
काठमाडौं — पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ५७३ ननुमा परिक्षण गर्दा १९४७ पीसीआर र ६७७ एन्टीजेन गरि २६२४ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ३९ हजार ४०५ सक्रिय संक्रमित छन् ।
आज १३२० जना निको भएका छन् । हालसम्म ९३.२ प्रतिशत संक्रमित निको भएका छन् ।
आज संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।
हाल ७६९ जना संक्रमित आईसीयुमा, १८६ भेन्टिलेटरमा छन् ।
त्यस्तै, ३६ हजार २ संक्रमित होम आइसोलेसनमा, ३४०३ संस्थागत आइसोलेसनमा र ४११ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।