

एजेन्सी । पाकिस्तानको कराँचीमा रहेको विश्वविद्यालयमा पढ्ने २२ वर्षिय २ युवतिले बनाएको एक प्लेकार्डले पाकिस्तानमा निकै हंगमा मच्चाएको छ । यो कार्डले पुरै पाकिस्तानलाई वहशको केन्द्रमा पुर्याएको छ ।




गत महिना (मार्च)मा समपन्न अन्तर्रराष्ट्रिय महिला दिवसका अवसरमा रुमिसा लखनी र रशीदा शब्बीर हुसेनले बनाएको सो पोस्टरमा महिलाले कसरी बस्न हुन्छ भन्ने कुरा देखाइएको छ । पुरुष जुनसुकै किसिमले बस्न सक्ने तर महिलाले भने आफ्नो शरिरको आकारको ध्यान गर्नु पर्ने चिन्ताको विषयलार्य पोस्टरले देखाएको छ ।


महिलालालई कसरी बस्नु पर्छ, कसरी चल्नु पर्छ भन्ने कुरा सिकाइन्छ त्यही कारणले सो पोस्टरको शिर्षकको दिइएको छ यहाँ म ठिकसँग बसेकी छु । हबिब युनिर्भसिटीमा पढ्ने दुवै युवतिमध्ये रुमिसा कम्युनिकेशन डिजाइन र रशीदा सोशल डेभलपमेन्ट एण्ड पोलिसी पढ्ने गर्छिन् ।

पाकिस्तानमा उच्च लैंगिक भेदभाव रहेको बताइन्छ । सोहीबीच गत महिना लैंगिक भेदभाव विरुद्ध पाकिस्थानमा जारी एक अभियानपछि यी युवतीले बनाएको पोस्टरले निकै टिका टिप्पणी एक आलोचना पायो । रुमिसाले यो पोस्टरसहितको साथीसँगको फोटो सामाजिक सञ्जालमा सेयर गर्ने बित्तिकै भाइरल हुनलागेको र पछि आइर उनलाई धम्की समेत आएको रुमिसाले बताएकी छन् ।

कतिपय महिलाहरुले समेत यो पोस्टरको आलोचना गरेका छन् भने धेरैजसोले सकारात्क टिप्पणी गरेका छन् । पुरुषले जसरी बसेपनि कसैको ध्यान नजाने तर महिलाले आफ्नो शरिरको निकै ख्याल गरेर बस्नु पर्ने कुरालाई दर्शाउने यो पोस्टरमाथि त्यहाँ अहिलेसमेत बहस जारी छ ।
पाकिस्तानमा महिलाले लुकेर छिपेर बस्नु पर्ने बाध्यता अझैँ छ । ती युवती बताउपछिन् सडकमा हिड्ने बेलासमेत कयौं उत्पिड्नहरु भइराख्छन् बस सहनु पर्छ , तर हामी यस्को विरोधमा लैगिंक समानताका लागि सहयोग गर्न लागि परेका छौँ ।