
कञ्चनपुर : भीमदत्त नगरपालिकाले आव २०७७/७८ मा १४ किमी सडक कालेपत्र र ६० किमी सडक स्तरोन्नति गरेको छ ।

इञ्जीनियर हिमालयसिंह ऐरका अनुसार सडक स्तरोन्नतिअन्तर्गत ग्राभिलिङ, , नयाँ ट्रयाक खोल्नेलगायत काम गरिएको छ ।
बिज्ञापन



नगरपालिकाले नगरका सबै क्षेत्र जोड्न नगर भित्री र बाह्य चक्रपथ निर्माण गरिरहेको छ भने वर्षौँदेखि सडकबाट बञ्चित उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटनमार्ग निर्माणलाई पनि निरन्तता दिएको उनले बताए ।

साथै ब्रह्मदेवबाट खल्ला–मुसेट्टी जाने बाटोसमेत स्तरोन्नति गरिएको छ ।