
नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ८९८ जना कोरोना संक्रमित थपिएका छन्।
बिज्ञापन



काठमाडौँमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर २६ जना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ।
शुक्रबार २ हजार २४४ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत चौबीस घन्टामा १० हजार ५३० पीसीआर तथा ७ हजार १ सय २४ एन्टिजेन परीक्षण भएको छ।