
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने ३१ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।T मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् ।

घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । लिसङ्खुपाखर गाउँपालिकाको बाफलबाट काठमाडौ आउँदै गरेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटनामा परेकाे हाे । सुनकोशी गाउँपालिका-३, छापको घुम्तीमा बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन



