
काठमाडौं: काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ केजी ७ सय ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रसुवा गोसाईकुण्ड गाउँपालिका-५ स्याफु बस्ने २८ वर्षीया रुपा शेर्पा उनका पति ३६ वर्षीय पाराङवा तामाङ रहेका छन्

रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ६६१९ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार रुपालाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारेको र उक्त सामान उनको श्रीमानले पठाएको भन्ने खुल्न आएपश्चात प्रदेश ३-०२-०१४ प ६२१९ नम्बरको स्कुटरमा काठमाडौंतर्फे आउँदै गरेका पाराङवालाई समेत पक्राउ गरेको हो ।
बिज्ञापन



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
