धर्मनिरपेक्षताको खारेजीको माग गर्दै सरकार विरुद्ध नौ दल सडकमा | OmkarTimes.com

काठमाडौं । धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आज शुक्रबार राजधानीमा नौ राजनीतिक दलहरुले सरकार विरुद्ध संयुक्त जुलुस निकालेका छन् ।

बिज्ञापन

संयुक्त राष्ट्रिय आन्दोलन नाम दिइएको यस जुलुसमा हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस वीपी, सीपी मैनाली नेतृत्वको नेकपा माले, पूर्वमन्त्री देवीप्रसाद ओझा नृत्वको लोकतान्त्रीक मञ्चसहित नौ दलको सहभागिता रहेको थियो ।

जुलुसमा सहभागीहरुले भ्रष्टचार बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, महंगी नियन्त्रण गर, धर्मनिरपेक्षता खारेज गर जस्ता नाराहर लेखिएका प्लेकार्ड बोकेका थिए । आन्दोलनमा विपी कांग्रेसका सभापति हरिवोल भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, पूर्वमन्त्री देवीप्रसाद ओझालगायतका पुराना नेताहरुको पनि उपस्थिति रहेको थियो ।