आज प्रदेश एक र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भाना

काठमाडौँ : देशभर आज मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको रहेको मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।