मकवानपुरमा  गोली हानाहान, प्रहरीका असई घाइते  | OmkarTimes.com

हेटौंडा । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ ।

गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । गाँजा तस्करका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनको नाम खुलाएको छैन । प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।