जनरल फाइनान्सकी बिचौलिया पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ । चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ लिएको आरोपमा उच्च अदालत पाटनले १० लाख रूपैयाँ जरिवाना र १ महिना कैद सुनाएको थियो ।

२०७१ माघ २९ गते उच्च अदालत पाटनले कैद र जरिवाना सुनाएको थियो । उनलाई सीआईबीले असार १४ गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

बिज्ञापन