
कपिलवस्तु : करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरी रहेको प्रहरीले जनाएको छ । उनको गएराति टेवल पङ्खा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
बिज्ञापन



