
कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् ।

शनिबार राती भएको फाइनलमा ताप्लेजुङका पौडेलले सिक्किमका बिक्की अग्रवाल र गोरखाका कमेडियन सन्तोष थापालाई पछाडी पार्दै ‘कमेडी च्याम्पियन २’को उपाधि उचालेको हुन् ।
बिज्ञापन



उपाधिसँगै उनले कार र २५ लाख उपहार हात पारेका छन् । दोश्रो बिक्की अग्रवाल बने भने तेश्रो सन्तोष थापा बनेका छन् । फष्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः मोटरसाइकल र स्कुटर पाएका छन् ।
