
पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् । हिमानी ट्रस्टले (आज) सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् ।

ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।
बिज्ञापन




पूर्व युवराज्ञी शाहलाई स्वागत गर्न जनकपुर विमानस्थलमा सयौंको संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।