१ हजार ९५ संक्रमित थप, आठ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् ।

१३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
सोमबार २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ५३२ पुगेको छ । आज देशभर २० हजार ८९१ जना होम आइसोलेसनमा, १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा, ३७१ जना आईसीयू तथा १०८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।