काँग्रेस पदाधिकारी बैठक बस्दै, निर्णय पुस्तिकाको गृहकार्य हुने

नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिको बैठक सक्ने तयारी भएपनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।

यसपटकको काँग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आरोप(प्रत्यारोप सुरु भएको छ । खासगरी महामन्त्रीद्वय गगन थापा र‍ विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।

बिज्ञापन