
काठमाडौँ : आज देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिज्ञापन



वर्षासँगै केही पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहनसमेत विभागले आग्रह गरेको छ ।
