न्यूयोर्कमा परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्रमन्त्री खड्का र भारतीय जयशंकरबीच भेटवार्ता भएको हो ।दुई विदेशमन्त्रीको वार्तामा नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अझै प्रगाढ तुल्याएर अघि बढाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्रीले जनाएका छन् ।

बिज्ञापन

न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली अमेरिका भ्रमणमा छ ।