सुनको मूल्य तोलामा तीन सयले घट्यो

काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ८९ हजार रहेको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ थियो ।

बिज्ञापन

आज तेजावी सुनको मूलय ८८ हजार ५५० रुपैयाँ तोकिएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ तोकिएको छ ।