पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बिज्ञापन

अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।