
विराटनगर । मोरङको जहादा गाँउपालीका–१ बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ ।

बिज्ञापन



सोही स्थानका ३५ बर्षीय दिपक सरवरियाको खेत जोतिरहेको बेला २ त ९०४६ नम्बरको ट्याक्टर अचानक पल्टिदा स्टेरिङले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । स्थानिय कुल बहादुर गुरुङको खेत जोत्ने क्रममा बिहीबार बिहान मृत्यु भएको स्थानिय जगरनाथ रायले जानकारी दिए ।

घटना पश्चात् ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले शवको सनाखत तथा मुचुल्का उठाई पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगर लगेको उक्त कार्यलयले जनाएको छ ।