भारतीय ट्रकको ठक्करबाट रौतहटको चन्द्रनिगहापुरमा एक जनाको मृत्यु

रौतहट : भारतीय ट्रकको ठक्करबाट रौतहटको चन्द्रनिगहापुरमा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम् राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकाको चाँदेपुलमा गएराति युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बरको ट्रकले ना ३५ प १८९३ नम्वर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राति करिब १० बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।