बैतडीमा वडा सदस्यको निधन

आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१  का महिला वडा सदस्य द्रौपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी  ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि  त्यहाँ गएकी थिइन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सदस्यमा निर्वाचित भएकी थिइन् ।