
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।




प्रहरीका अनुसार वडाध्यक्ष अजय लुइँटेलविरुद्ध छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गरेको र कर्मचारीलाई नाक भाँच्ने धम्की दिएको आरोप लागेको छ ।

उनीविरुद्ध सोही गाउँपालिका–७ का वडा अध्यक्ष सुरेश थापाले गाउँपालिकाको कार्यालयमै ०७६ असार ३० गते दिउँसो आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते लुइँटेलविरुद्ध उजुरी दिएका हुन् ।
उजुरी लिएपछि प्रहरीले आरोपित वडा अध्यक्ष लुइँटेललाई छलफलका लागि बोलाएको थियो। प्रहरीले एक हप्ता कुर्दा पनि लुइँटेल नआएपछि मुद्दा दर्ता गरेको हो।
लुइँटेलको अध्यक्ष थापामाथि कुटपिट गरेको, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेकर्ड पनि प्रहरीलाई बुझाइएको छ।