बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो ।

बिज्ञापन

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।

घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले  बताए । उनले भने–‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौँ ।’