नुवाकोटमा नेकपाको दुई समूहबीच झडप : उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड

नेकपाको ओली पक्ष र प्रचण्ड-माधव समूहबीच नुवाकोटमा झडप भएको छ ।  ओली समूहका नेता ईश्वर पोखरेल र टोबबहादुर रायमाझीको गाडी तोडफोड भएको छ । नुवाकोटको सदमुकाम विदुरस्थित बटारमा आज ओली समूहको कार्यक्रम थियो ।

उपप्रधानमन्त्री पोखरेल र रायमाझी सम्बोधनका लागि त्यहाँ पुगेका थिए । काठमाडौंबाट पुगेका नेताहरूलाई प्रचण्ड र नेपाल समूहका कार्यकर्ताहरूले कालोझण्डा देखाएपछि झडप भएको स्थानीय प्रशासनले जनाएको छ ।    स्थितिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

बिज्ञापन