काँग्रेसकाे क्षेत्रिय प्रतिनिधिमा छनोट भएका बुढाको घाँटी रेटी हत्या

रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । घरमा एक्लै रहेका बुढाको सोमबार बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको हो ।

घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । बुढा नेपाली काँग्रेसका क्रियाशील कार्यकर्ता भएको र गत साउन २३ गते सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा छनोट भएका थिए ।

बिज्ञापन