
जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई उपेन्द्र यादव पक्षबाट महेन्द्र राय यादवले मात्र साथ दिएका छन् ।बाबुराम पक्षका बैठक जडिबुटीमा सुरु भएको छ । सो बैठकमा जापान कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र देखिएको छ ।
बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा आइ पुगेका छैन । बैठकमा महेन्द्र राय यादव पक्षका केही नेता तथा कार्यकर्ता बाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । बैठकमा मधेश प्रदेशका नेताहरु निकै कम देखिन्छ ।