काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनले मनसुनी गतिविधि रहँदा देशभर आंशिक बदली हुने जनाएको छ । न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको हो। जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । शनिबार राति देशभर बदली रहि केही स्थानमा मध्ययम वर्षा हुने संभावना रहेको जनाइएको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । आइतबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।