मध्यरातमा साथीहरुसँग निस्किएका अनिषको मृत्यु भएको हो कि हत्या ? | OmkarTimes.com

उर्लाबारी मोरङको मिक्लाजुङ–९ मा डेरामा बस्दै आएका १९ बर्षीय अनिष कार्की साउन ५ गते मध्यरातमा साथीहरुसँग निस्किएका थिए ।

 

बिज्ञापन

सोमबारसम्म पनि घरमा नआएपछि कार्कीको बारेमा पत्नी रन्जिला श्रेष्ठले साथीहरुलाई सोधीखोजी गरिन् ।
त्यसपछि साथीहरुले काठमाडौं गएको प्रतिकृया दिए । घरमा केही नभनि मध्यरातमा निस्केका पति घर नफर्किएपछि चिन्तित बनिन् ।

 

गत फागुनमा मात्र उनीहरुले प्रेम विवाह गरेका थिए । कार्की वेपत्ता भएको चार दिनपछि मोरङकोे बक्राहा र नुनसरी खोलाको बगरमा निबस्त्र अवस्थामा शव भेटियो । कार्की साथी सन्दिप नेपाली र विशाल ऋसिदेवले रातको समयमा घरमा निस्किएका थिए ।

 

रातको समयमा घरबाट साथीहरुसँग निस्किएका कार्की घर नफर्किएपछि उनीसँगै गएका सन्दिप नेपालीलाई सोध्दा काठमाडौं गएको भन्दै ढाटेर आफ्नो मोवाइलसमेत लगेर गएको पत्नीले बताइन् ।

खोलाको बगरमा लास भेटिएकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए । प्रहरीले ३ जनालाई पक्राउ गरेको स्रोतले जनायो । प्रहरीले भने यसबारेमा खुलाएको छैन ।

 

अस्पतालमा तनाव

पोष्टमाटमको सम्पूर्ण प्रक्रिया पु¥याएपछि शवको पोष्टमाटम गर्न नसक्ने बताएपछि उर्लाबारी–३ को मंगलबारे अस्पतालमा तनावग्रस्त बन्यो । मृतकका आफन्त तथा शव अन्तेष्टीका लागि आएका मलामीले अस्पतालको चरम लाहापवाही गरेको भन्दै आक्रोश पोखे ।

 

उनीहरुले डुबेर मृत्यु नभएर हत्या भएको बताएका छन् । ठुलो संख्यामा रहेका आफन्त तथा स्थानीय आकोशित बनेका थिए । आक्रोश बढ्न थालेपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, मंगलबारे अस्पतालका अध्यक्ष भानुभक्त शर्मा पराजुली, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, मृतकका आफन्तलगायत बसेर छलफल भयो ।

 

त्यसपछि घटनाको निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्ने प्रतिबद्धता आएपछि आफन्तले शव पोष्टमाटमका लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लैजान राजी भएका थिए । हाल शव पोष्टमाटमकाका लागि धरान लगिएको छ ।

 

परिवार भन्छन् मृत्यु हैन हत्या हो

डाक्डरले शवमा केमिकल लगाएर चिरफार गर्ने भन्दै भित्र पसेको र त्यसको केही छिनमै यहाँ हुँदैन बि.पी. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा लानु भन्दै पन्छिएको मृतकका काका मानबहादुर कार्की बताउँछन् ।

 

उनले टाउको पछाडी चोट हुनु, मृतकको शरिरमा कपडा नहुनुले हत्या भएको हुन सक्ने बताए । ‘११ बजे राती पानी परेको बेला कसरी खोला गयो, फेरि सानैदेखी पौडी राम्रो खेल्न सक्ने मान्छे, घटना रहस्यमय छ , उनले भने ।

अनिसको आमा पबित्रा कार्कीले पनि लाशको प्रकृति हेर्दा डुबेर मृत्यु भएको हुने विश्वास गर्न नसकिने बताईन् । उनले सत्यतथ्य छानबिन गरी बास्तविकता बाहिर ल्याउनुपर्नेमा बताईन् ।

 

यदि डुबेर मरेको भए नि त्यहि रिपोर्ट आउनु पर्यो, मारेको हो भने त्यहि रिपोर्ट आउनु परो,उनले भनिन्, हामीलाई न्याय चाँहियो ।