
काठमाडौँ : नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ। एमालेले देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ । वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा सद सदस्यहरु चयन हुने छन् । त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनका अनुसार ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुने छ। एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदै छ ।
बिज्ञापन



