
काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएकोमा आज बढेर ९१ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य कायम गरिन्छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार सोमबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार भइरहेको छ । जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो । महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ ।
चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।