
काठमाडौँ – अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारका लागि निजी हेलिकोप्टर पनि ‘स्टायण्डबाई’ राखिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको समन्वयमा बुधबार बिहान गृहमन्त्रालयमा गृहसचिव टेकनारायण पाण्डे लगायत अन्य सरोकारवालाहरूको बैठक बसेको थियो ।
उक्त बैठकले बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरेको हो । नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा नपुगने देखिएपछि निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो ।निजी हेलिकोप्टर प्रयोग भएवापतको भुक्तानी गृह मन्त्रालयले गर्ने छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।